
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका पीडित न्याय माग्दै सडकमा उत्रिएका छन् । उच्च सरकारी वकिलको कार्यालय तथा उच्च अदालत पाटनमा धर्ना दिएका छन् ।
सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ र अध्यक्ष केशवलाल श्रेष्ठ थुनामा छन् । अन्य १० जनालाई भने अदालतले पुस १४ गते नै साधारण तारेखमा छोडिसकेको छ । पीडित डिल्लीप्रसाद भट्टराईले अभियुक्तलाई थुनामै राख्नुपर्ने माग गरेका छन् । भट्टराईले साधारण तारेखमा छोडिएकालाई पनि थुनामा राख्नुपर्ने माग गर्दै धर्ना दिएका हुन् ।
१ हजार ५ सय ३ बचतकर्ताले ५ अर्ब ३७ करोड ५५ लाख २४ हजार रुपैयाँ पाउन नसकेको भन्दै सीआईबीमा उजुरी दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij