Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

भ्रमपूर्ण सामाग्री प्रशारण गर्ने युट्युबर पक्राउ

भ्रमपूर्ण सामाग्री प्रशारण गर्ने युट्युबर पक्राउ

  • काठमाडौ/ भ्रमपूर्ण सामाग्री प्रशारण गर्ने युट्युबर पक्राउ परेका छन् । भ्रमपूर्ण समाचार प्रशारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले ‘स्लेब नेपाल’ युट्युब च्यानल सञ्चालक राहुल थापालाई पक्राउ गरेको हो । 
    अभिनेत्री रेखा थापाले दिएको उजुरीका आधारमा युट्युबर थापालाई पक्राउ गरिएको ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए । रेखाले राहुलसहित ३ जनाविरुद्ध आफ्नो बारेमा भ्रामक समाचार प्रशारण गरेको आरोप लगाउँदै साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् । उनको उजुरपछि ब्यूरोले प्रेस काउन्सिलसँग भ्रामक समाचार प्रकाशन गर्ने च्यानलको आधिकारिकता र दर्ता सम्बन्धी विवरण मागेको थियो ।
    नायिका थापाको बारेमा भ्रामक सामाग्री प्रशारण गर्ने मध्येकी शर्मिला वाइबा पक्राउ परिसकेकी छिन् । उनी बिरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर नायिका थापाबारे युट्युव च्यानलले सामाग्री प्रशारण गरेका थिए । राहुललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij