
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । जनचेतनाका लागि सन्देशमुलक ट्राफिक गीत रेकर्ड भएको छ । एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ उक्त गीतमा ट्राफिक प्रहरी कार्यालय सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक नरेश शाहीको स्वर र शब्द रहेको छ ।
प्रहरी निरीक्षक शाहीलाई प्रिन्सेस एन्जलले स्वरमा साथ दिएकी छन् । गीतको संगीत तथा संयोजन विपिन आचार्यले गरेका हुन् । सन्देशमूलक ट्राफिक गीत चाँडै सार्वजनिक गरिने प्रहरी निरीक्षक शाहीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij