
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका पल शाहलाई प्रहरीले हिरासतमा लिएको आज सातदिन पुरा भएको छ । जिल्ला अदालत तनहुँले फागुन १५ गते आइतबार ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो । आज शनिवार सरकारी बिदा भएकोले भोली प्रहरीले पललाई पुनः म्याद थपका लागि अदालतमा हाजिर गराउने भएको छ ।
जिल्ला अदालतले यसअघि हिरासतमा राखेर अनुसन्धान गर्न दिएको समयमा अनुसन्धान प्रक्रिया पुरा हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डिएसी युवराज खड्काले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रबक्ता तथा डिएसी युवराज खड्काले पल शाहसंगको बयान नसकिएका कारण फेरी म्यादका लागि अदालत लगिने बताए । आफूलाई जबरजस्ती करणी गरेको आरोपमा एक किशोरीले गत फागुन ११ गते बुधबार तनहुँ प्रहरीमा उजुरी दर्ता गरेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij