Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भक्तपुरमा बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु नष्ट

भक्तपुरमा बजार अनुगमन, म्याद नाघेका खाद्यवस्तु नष्ट

  • भक्तपुर नगरपालिकाले वडा नम्बर १० मा बजार अनुगमन गरेको छ ।  अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वको टोलीले बजार अनुगमन गरी बेस्ट भेराइटीमा मूल्यसूची राख्न, तराजु नापतौल विभागमा नवीकरण गर्न, प्याकेजिङ सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्रीवितरण गर्न निर्देशन दिएको छ । 
    साथै, म्याद नाघेको सामानहरू म्यागो जुस एउटा, केक गोब्लस् एक पाकेट, ज्ञान आँटा ६ पाकेट, रोजमेरी आठ बट्टा, भ्यासिलिन एउटा, कोकोनट क्रन्च एक पाकेट, पोटाटो चिप्स एक पाकेट, ल्याक्टोजेन दुई पाकेट, सेरेलेक एक पाकेट, फेन्टा एउटा जफत गरी नष्ट गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    लाइभ बेकरीमा मूल्यसूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, प्याकिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्री वितरण गर्न, ओभन भएको स्थानमा फोहर देखिएकाले सरसफाइमा ध्यान दिन, कामदारलाई एप्रोन, हेयरनेट र ग्लोब प्रयोग गर्न निर्देशन दिई म्याद नाघेको सामान स्लाइस सात वटा, तान्ग हेभेन एक पाकेट, क्रिमवेल आईसक्रिम पाँच पाकेट र म्याद नाघेको खाद्य कलर जफत गरी नष्ट गरिएको छ । तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
    एच के खाद्य स्टोरमा तराजु नापतौल विभागमा नवीकरण गर्न, चामलको बोराहरूमा उत्पादन मिति नभएकाले उत्पादन मिति नभएको बिक्रीवितरण नगर्न निर्देशन दियो । त्यस्तै, राज्यलक्ष्मी कोन्डाको किराना पसलमा मूल्यसूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, याद नाघेको सामान छुट्टै राख्न निर्देशन दियो । गिरी किराना तथा खुद्रा स्टोरमा मूल्यसूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरू शुद्ध आँटा एक प्याकेट, सेभियान सुजी दुई प्याकेट जफत गरी नष्ट गरियो ।
    ज्यू आमाको पसलमा मूल्यसूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, प्याकेजिङ सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्रीवितरण गर्न निर्देशन दियो । पाइपलाइन ऐला वेभरेज नवीकरण गर्न, मूल्यसूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिई म्याद नाघेको सामान जम्बो ड्यु सातवटा, पाँच सय मिलिको ड्यु आठवटा, पशुपति पापड पाँच प्याकेट, विकानेट पापड ६ पाकेट जफत गरी नष्ट गरिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।
    अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैंया सुवाल, भनपा स्यानिटेसका नगर निरीक्षक। दिलीपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, उद्योग बाणिज्य संघका गौतम सुजखु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक रेशमबहादुर कार्की, घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद कवाँको सहभागिता थियो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij