Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

प्रहरीको रगतले बच्यो आन्दोलनकारीको ज्यान 

प्रहरीको रगतले बच्यो आन्दोलनकारीको ज्यान 

  • काठमाडौं । अमेरिकी अनुदान सहायता (एमसीसी) को विरोधमा प्रहरीमाथि ढुङ्गा हान्ने क्रममा घाइते भएका प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् । प्रदर्शनमा सहभागी भएका हेमराज अवस्थी गम्भीर घाइते भएका थिए । प्रदर्शनकारीले प्रहरीलाई हानेको ईंटा अचानक अवस्थीलाई पछाडिबाट लागेर गम्भिर घाइते भएपछि उनलाई प्रहरीले उद्धार गरी नयाँबानेश्वरको एभरेस्ट अस्पताल पुर्‍याएको थियो ।

    images
    images
    images

    न्युरो अस्पतालले तत्काल शल्यक्रिया गर्न रगत आवश्यक पर्ने जानकारी दिएको थियो । घाइतेको रगत समूह ओ नेगेटिभ रहेको र उक्त समूहको रगत अभाव देखिएपछि प्रहरीले उपत्यकाभरका प्रहरी कार्यालयमा सन्देश पठायो । प्रहरी गण नम्बर–१ नक्साल काठमाडौँमा कार्यरत २३ वर्षीय प्रहरी जवान सामिनाथ यादवले अस्पताल पुगेर रक्तदान गरे र शल्यक्रिया सफल भयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij