Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । नेपालमा एमसीसी सम्झौताको विरोधमा प्रदर्शन चर्किन थालेपछि हिंसा भड्काउने विचार अस्वीकार्य भएको अमेरिकाले ध्यानाकर्षण गराएको छ ।
पछिल्लो समय एमसीसी सम्झौतालाई लिएर नागरिकहरुले संसद भवन अगाडि प्रदर्शन गरिहँदा अमेरिकाले हिंसा अस्वीकार्य भन्दै चेतावनी दिएको छ। नेपाल स्थित अमेरिकी राजदूतावासले नेपालीहरुले गरिरहेको सडक प्रदर्शन तर्फ संकेत गर्दै भनेको छ, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, तर, हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij