
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । प्रहरी जवान मधु खत्रीलाई महानगरीय ट्राफिक महाशाखाले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत खत्रीको दुवै मृगौला फेल भएर उपचारमा खर्च जुटाउन असहज भईरहेको थियो ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीको विशेष सक्रियतामा संकलित तीनलाख सतहत्तर हजार पाँचसय नब्बे रुपैंया सहयोग स्वरुप रकम हस्तान्तरण गरेको हो । आर्थिक अभावलाई सहयोग गर्न उपत्यकामा कार्यरत सम्पुर्ण ट्राफिक प्रहरी कर्मचारीहरुले स्वस्फुर्त रुपमा सहयोग रकम संकलन गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij