Jun 06 2026 | २०८३, जेठ २३ गते
फाइजर र बायोएनटेकले पाँच वर्षभन्दा कम उमेर समूहका लागि कोभिडविरुद्धको खोप ल्याउने तयारी गरेका छन्।
यी दुई कम्पनीले चाँडै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकामा हालसम्म यो उमेर समूहलाई कोरोन भाइरस विरुद्धको खोप सिफारिस गरिएको छैन। यी दुई कम्पनीले पाँच वर्षमुनिका र छ महिनामुनिका बालकालिकाका लागि दुई थरी खोप लगाउने प्रबन्धका लागि आकस्मिक अनुमति माग्न सक्ने सञ्चारमाध्यमले जनाएका हुन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij