Jun 06 2026 | २०८३, जेठ २३ गते
म्यानचेस्टर युनाइटेडका मासोन ग्रीनवुड बलात्कारको आरोपमा पक्राउ परेका छन्।
ग्रेटर म्यानचेस्टर प्रहरीका अनुसार सामाजिक सञ्जालमा एक महिलाले ग्रीनवुडले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै फोटो तथा भिडियो पोस्ट गरेकी थिइन्।
प्रहरीले यस विषयमा थप अनुसन्धानका लागि भन्दै ग्रीनवुडलाई पक्राउ गरेको हो। उनी अहिले प्रहरी हिरासतमै रहेको र अनुसन्धानको काम चलिरहेको प्रहरीले बताएको छ।
ग्रीनवुडले भने आफूमाथि लागेको आरोपबारे मुख खोलेका छैनन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij