
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । प्रहरी परिसर ललितपुरले खोप कार्ड अनिवार्य गरेको छ । सेवाग्राहीलाई परिसर प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेको हो । खोप कार्ड देखाएर प्रवेश गर्न पाईन्छ । परिसरको नागरिक कक्षमा खटिएका प्रहरीले भने, ‘स्वास्थ्य सतर्कता अपनाउने निर्देशन अनुसार यस्तो व्यवस्था गरिएको हो ।’
खोप कार्डको अनिवार्यताका सम्बन्धमा ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने, सार्वजनिक स्थानहरु र स्थानीय निकायमा सेवा लिन खोप कार्ड (मोबाइलमा फोटो भएपनि हुने) अत्यावश्यक गरिएको छ । (यो पनि पढ्नुस् ।)
यता परिसरभित्रै सेवा दिइरहेको ट्राफिक प्रहरीले भने अत्यावश्यक काम बोकेर आएका सेवाग्राहीलाई बाहिरै सेवा दिने व्यवस्था गरिएको जनाएको छ । यसैबीच, प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरिक्षक प्रज्वल महर्जनको बिदाई गरिएको छ । पूर्वी नवलपरासी सरुवा भएर हिडेका एसपी महर्जनलाई मातहतका इन्चार्जले मायाको कोसेलीसहित बिदाई गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij