Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अनलाइन पत्रिका आठ अपडेट

अनलाइन पत्रिका आठ अपडेट

  • आज थपिए ३२६ संक्रमित, २ जनाको मृत्यु

    images
    images
    images

    नेपालमा सोमबार ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय पिसिआर परिक्षणका क्रममा २ सय ९१ जना र २ हजार ७ सय ९८ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ९८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

    भाइरल बनिन् सहरी विकासमन्त्री रामकुमारी झाँक्री

    गृहजिल्ला गुल्मीको भ्रमणमा रहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पिर्के सलामी लिएको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ । नेताहरूले पिर्के सलामी, कुर्सी सलामी, खादा लगाउने जस्ता गतिविधि गर्दा सामाजिक सञ्जालमा चर्को आलोचना गर्ने झाँक्रीले अहिले त्यही व्यहोरा सिको गरेपछि उनको आलोचना भएको हो । मदाने गाउँपालिका पुर्कोटदहमा रहेको ईलाका प्रहरी कार्यालय निरीक्षण गर्ने कार्यक्रम प्रहरीले झाँक्रीलाई सलामी दिएको थियो । 

    ओमिक्रोन सतर्कता अपनाउन सात बुँदे निर्देशन

    स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरिका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भित्रन नदिन पूर्वतयारी गर्न सात बुँदे निर्देशन जारी गरेको छ । महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले सातवटै स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहलाई ओमिक्रोन भेरियन्टको संक्रमण आउन नदिन प्रभावकारी उपाय अपाउन आग्रह गर्दै सात बुँदे निर्देशन जारी गर्नुभएको हो । 

    राष्ट्रियसभा निर्वाचनको सीट भागबण्डा

    सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो । एमालेको खाली आठ सिटमा भने गठबन्धनबीच भागबण्डा भएको हो । आगामी फागुनदेखि चारवर्षे कार्यकाल पुरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

    अष्ट्रियामा आत्महत्या गर्न पाउने कानुन

    अस्ट्रियामा अरूको सहयोग लिएर आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ । असाध्य रोग लागेका वा कमजोर शारीरिक अवस्थामा भएका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने प्रावधानको बनेको छ । आत्महत्या रोज्ने प्रत्येक निर्णयलाई दुई चिकित्सकले मूल्याङ्कन गरेपछि मात्रै स्वीकृति दिइने जनाएको छ । 

    भौतिक पूर्वाधार विकासमन्त्रीका छोरा पक्राउ 

    सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरालाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा फरार भएका बबी सोडारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । डीएसपी जोशीका अनुसार गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट पैदल यात्री ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । न्यौपानेको उपचारका क्रममा नेपालगञ्जमा पुस ११ गते मृत्यु भएको थियो ।

    महालक्ष्मी नगरपालिकाको नगरसभाको साइत 

    ललितपुरको महालक्ष्मी नगरपालिकाले मंगलबार नगरसभा आयोजना गर्दैछ । यसै नगरसभा कार्यक्रममा कारण कार्यालयहरुमा सेवाग्राहीहरुको काम भने नहुने भएको छ । नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठका अनुसार नगरसभामा कार्यालयका कर्मचारीहरु र जनप्रतिनिधिहरु सहभागी हुनु पर्ने हुँदा कार्यालयहरुको काम प्रभावित हुने अवस्था आएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषेत्तम सापकोटाले जारी गरेको सूचना अनुसार अत्यावश्यक बाहेक अन्य सेवा प्रभावित हुने उल्येख छ । 

    सिँचाइमन्त्री भुसालद्वारा भोर्ले कुलो शिलान्यास

    ललितपुर गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित भोर्ले कुलो मुहान निर्माण शिलान्यास गरिएको छ । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कुलो मुहानको शिलान्यास गरेकी हुन् । मुहान संरक्षण भएपछि बुङमती, छम्पी, थेचो र चापागाउँका करिब ४०० हेक्टर जमीनमा नियमित सिँचाई सुविधा उपलब्ध भई करिब १ हजार १ सय ५४ घरधुरी र ५ हजार २ सय ८४ जनसंख्या लाभान्वित हुने अपेक्षा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij