
May 01 2025 | २०८२, वैशाख १८ गते
दक्षिण अफ्रिकाका पूर्वकप्तान क्विनटन डी ककले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
२९ वर्षीय विकेटकिपर ब्याट्सम्यान डी ककले परिवारलाई थप समय दिने भन्दै टेस्टबाट सन्यास लिएको दक्षिण अफ्रिका क्रिकेटले जनाएको छ ।
डी ककले घरेलु भुमिमा भइरहेको टेस्ट सिरिजको पहिलो खेलमा भारतसँग ११३ रनले पराजित भएपछि टेस्टबाट सन्यास लिने निर्णय गरेका हुन् ।
२०१४ मा अष्ट्रेलियाविरुद्धको खेलबाट टेस्ट क्रिकेटमा डेब्यु गरेका डी ककले दक्षिण अफ्रिकाका लागि ५४ टेस्टमा ६ शतक र २२ अर्धशतकसहित ३ हजार ३०० रन बनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij