Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

फ्रान्समा एकै दिन थपिए १ लाख ८० हजार कोभिड संक्रमित

फ्रान्समा एकै दिन थपिए १ लाख ८० हजार कोभिड संक्रमित

  • फ्रान्समा एकै दिन ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्। युरोपकै सबैभन्दा बढी संक्रमित फेला पर्दै आएको फ्रान्समा पछिल्लो २४ घन्टामा १ लाख ७९ हजार ८०७ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  फैलिएसँगै संक्रमितको संख्या दैनिक बढिरहेको छ।

    images
    images
    images

    विश्व स्वास्थ्य संगठनले कोरोनाको पछिल्लो लहरबाट युरोपको स्वास्थ्य प्रणालीलाई नै तहसनहस हुनसक्ने चेतावनी दिएको छ।

    फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभिअर भेरानका अनुसार आगामी जनवरीदेखि फ्रान्समा दैनिक संक्रमितको संख्या २ लाख ५० हजार नाघ्नसक्ने र अधिकांश अस्पताल कोभिडका विरामीले भरिनसक्ने बताएका छन्।

    यसैबीच सरकारले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइसकेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij