Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

सुधन फेरि गृहमा फर्किएकोबारे कांग्रेस सांसद केसी भन्छन्- प्रधानमन्त्रीको अधिकारको कुरा हो

सुधन फेरि गृहमा फर्किएकोबारे कांग्रेस सांसद केसी भन्छन्- प्रधानमन्त्रीको अधिकारको कुरा हो

  • काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सुधन गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गर्ने वा नगर्ने निर्णय प्रधानमन्त्रीको विशेषाधिकारको विषय भएको बताएका छन्। प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद केसीले मन्त्री चयन गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै हुने बताए।

    onlinepatrika
    Arghakhachi

    उनले भने, ‘म लोकतान्त्रिक विचार र दृष्टिकोणमा प्रतिबद्ध मान्छे हुँ। कुनै पनि मन्त्री कसलाई राख्ने, नराख्ने त्यो प्रधानमन्त्रीको विशेषाधिकार हो र यत्रो ठूलो बहुमत लिएर प्रधानमन्त्री हुनुभएको छ, उहाँले के गर्नुहुन्छ उहाँको जिम्मेवारी हो।’

    AGNI GROUP

    सांसदहरूको विषयमा छानबिन समिति गठन र त्यसको निष्पक्षताबारे सोधिएको प्रश्नमा उनले निष्पक्ष व्यक्तिहरूबाट काम गराउने प्रयास देखिएको बताए। यद्यपि, त्यस्ता प्रयास कति सफल हुन्छन् भन्ने विषय परिणामले नै पुष्टि गर्ने उनको भनाइ थियो।

    राष्ट्रिय महत्वका विषय, बजेट र नीति सम्बन्धी बहस हुनुपर्ने समयमा संसद् बन्द हुनु उचित नभएको बताए। संसद् सञ्चालन र राजनीतिक संवाद सुधारका लागि सरकारले अग्रसरता लिनुपर्नेमा जोड दिए।

    रवि लामिछानेले दलहरूबीच संवाद र सम्बन्ध सुधारका लागि गरेको पहललाई सकारात्मक रूपमा लिएको बताए।

    उनले थपे, ‘उहाँले दलहरूसँग सम्बन्ध विकास गर्नको निम्ति त्यो महत्त्वपूर्ण कुरा हो र उहाँले त्यो राम्रो प्रारम्भ गर्नुभएको छ। तर, उहाँ नै सरकार होइन, सरकार सरकार हो। सरकार र पार्टीको अस्तित्व अलग–अलग रहन्छ। त्यसकारणले सरकारलाई सोधिएको प्रश्न त पार्टीले बोलाएर त भएन नि१ प्रधानमन्त्रीले बोलाएको हुन्छ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij