Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

हेटौँडाका २७ ठाउँमा ‘हाईमास्ट लाइट’ जडान

हेटौँडाका २७ ठाउँमा ‘हाईमास्ट लाइट’ जडान

  • काठमाडौँ । हेटौंडा उपमहानगरपालिकाले शहरका प्रमुख २७ स्थानमा ‘हाईमास्ट लाइट’ जडान गरेको छ । रात्रिकालीन यात्रालाई सहज बनाउन हुप्राचौरको ४ ठाउँ, तरकारी बजारमा २ ठाउँसहित २७ मुख्य चोकमा ‘हाईमार्क लाइट’ जडान गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    ‘उज्यालो उपमहानगर अभियान’ अन्तर्गत नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा लाइट जडान गरिएको उपमहानगरपालिकाले जनाएको छ । ‘हाईमास्ट लाइट’ ले यात्रामा सहजतासँगै शहरको सौन्दर्य पनि बढाएको स्थानीय सवारी चालक लालकाजी ब्लोन बताउँछन् ।

    AGNI GROUP

    हेटौंडा बसपार्क, टोनी हेगन पार्क, न्यूरेनी जाने बाटो, बस्तीपुर, हात्तीगौँडा, पदमपोखरी, बदेलधाप, मयुरधाप, गुम्बा चोक, मानवसेवा आश्रम चोक, फायरलाईन, म्याजिक पार्क, कालिका टोल, प्रणामी चोक, चिसापानी चोक, हटिया चोक, फुर्केचौर, चुच्चेखोला, चौघडा, क्याम्पाडाँडा, संगमचोकमा लाइट जडान भइसकेको उपमहानगरले जनाएको छ ।

    जडान भएका मध्य हुप्राचौरको दुईवटा लाईटको सेन्सरमा समस्या आएकाले सञ्चालन हुन नसकेको बताइएको छ । त्यस्तै,उपमहानगरले हेटौंडा बजारको विभिन्न सडकहरुमा पोलसहित लाईटिङ गरेर उज्यालो बनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij