Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

संसद्मा कांग्रेसले गर्‍यो सहिदको सम्झनामा पाँच मिनेट मौनधारण

संसद्मा कांग्रेसले गर्‍यो सहिदको सम्झनामा पाँच मिनेट मौनधारण

  • काठमाडौं । नेपाली कांग्रेसका सांसदले संसद्मा नै सहिदको सम्झनामा मौनधारण गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    आजको प्रतिनिधिसभामा कांग्रेसका सचेतक निश्कल राईले पाँच मिनेट मौनधारण गर्ने जानकारी गराए ।

    AGNI GROUP

    “यो देशलाई एकीकरण गर्न, विश्वभर उपनिवेश प्रथा हाबी हुँदा समेत नेपाललाई सार्वभौम र अखण्ड र एकतावद्ध राख्न पृथ्वीनारायण शाहदेखि वीर बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा, भिमसेन थापालगायत महान् योद्धाहरूको योगदानको कथा हामीले पढ्दै आएका छौँ,” उनले भने ।

    मेयर हुँदा ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राख्ने प्रधानमन्त्रीले पनि त्यो इतिहास पढ्नुभएकै होला भन्दै उनले व्यंग्य गरे ।
    “आज किन र कसको स्वार्थमा हाम्रो स्वाभिमानमाथि उहाँ धावा बोल्दै हुनुहुन्छ रु प्रधानमन्त्रीको अभिव्यक्तिले आफ्नो ज्यानलाई आहुति दिएर नेपालको सीमा पूर्वमा चिवाभन्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम गराउने त्यी अमर सहिदहरूको आत्मासम्मान कति गिरेको होला रु,” उनले भने ।

    अमर सहिद, प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न क्रान्ति तथा आन्दोलनका सहिद तथा सुशासन र जवाफदेहिताका लागि भएको भन्दै उनले भने, “जेनजी विद्रोहका सहिदहरूप्रति सम्मान प्रकट गर्दै हामी नेपाली कांग्रेसका सदस्यहरू पाँच मिनेट यहाँ उभिएर मौनधारण गर्ने छौँ ।” उनले भने । त्यसपछि सांसद उभिएर मौनधारण गरेका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij