Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

मधेशका प्रदेश प्रमुख लाभले गरे पदभार ग्रहण

मधेशका प्रदेश प्रमुख लाभले गरे पदभार ग्रहण

  • काठमाडौं । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार जनकपुरस्थीत प्रदेश प्रमुखको कार्यालय पुगेर उले पदभार ग्रहण गरेका हुन् । त्यसअघि कार्यालयमा पुग्दा नेपाली सेनाले सलामी अर्पण गरेको थियो भने कार्यालयका कर्मचारीले उलाई स्वागत गरेका थिए ।

    AGNI GROUP

    पदभार ग्रहणपछि मधेश प्रदेशका प्रदेश प्रमुख कर्णले मधेश प्रदेशमा सरोज कुमार यादव नेतृत्वको सरकार गठनको विषय अदालतमा पुगिसकेकाले अदालतले संवैधानिक व्यवस्था अनुसारकै निर्णय गर्ने विश्वास व्यक्त गरे ।

    गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशको प्रदेश प्रमुखमा धनुषाका कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार कर्णलाई मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्दै सपथ गराएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij