Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

सार्बजनिक भएन प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण

सार्बजनिक भएन प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण

  • काठमाडौँ । सरकार गठनको दुई महिना बितिसक्दा पनि सुशिला कार्कीसहित उनको मन्त्रिपरिषदका सदस्यहरुले सम्पत्ति विवरण सार्बजनिक गरेका छैनन् । भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले दुई महिनासम्म पनि सम्पत्ति विवरण सार्बजनिक नगरेर यसअघिका सरकारहरुकै कामलाई निरन्तरता दिएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओम प्रकाश अर्याल, कानुनमन्त्री अनिल कुमार सिन्हा र शिक्षामन्त्री महावीर पुनले सम्पत्ति विवरण बुझाएको उल्लेख छ । त्यस्तै उर्जामन्त्री कुलमान घिसिङ, कृषिमन्त्री मदन परियार, सञ्चारमन्त्री जगदीश खरेल, स्वास्थ्यमन्त्री सुधा गौतम र खेलकुदमन्त्री बब्लु गुप्ताले सम्पत्ति विवरण अहिलेसम्म नबुझाएको उल्लेख छ ।

    AGNI GROUP

    कार्की प्रधानमन्त्रीमा नियुक्त भएको दुई महिना पुगेको छ । भदौ २७ गते कार्कीले पद तथा गोपनियताको शपथ लिएकी थिइन् ।  

    भ्रष्टाचार निवारण आयोग ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र त्यसपछि हरेक नयाँ आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने’ उल्लेख छ । ऐनबमोजिम अहिले प्रधानमन्त्रीसहित केहि मन्त्रीले सम्पत्ति विवरण पेस गरिसकेको प्रधानमन्त्री कार्यालयको वेबसाइटबाट देखिन्छ तर, हालसम्म सार्वजनिक भने गरिएको छैन । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनले सम्पत्ति विवरण गोप्य राख्ने व्यवस्था गरेपनि सरकारमा संलग्न उच्चपदस्थ जिम्मेवार राजनीतिक नेतृत्वको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने माग र बहस लामो समयदेखि हुँदै आएको छ । बाध्यकारी कानुनी व्यवस्था नभए पनि पारदर्शिताका दृष्टिले उच्चपदस्थ पदाधिकारीले सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास छ । अझ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको जगमा बनेको यो सरकारको जवाफदेहिता र पारदर्शिता अन्य सरकारभन्दा बढी हुनुपर्ने स्वाभाविक रुपमा रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij