Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ लंकोटमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । स्थानीय ४० वर्षीय दिवाकर महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको सूचना पाएपछि थानकोट प्रहरी वृत्तबाट खटिएको टोलीले सोमबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकासँग नगद १६ लाख ५३ हजार रुपैयाँ र १६ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij