Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

निर्वाचन आयोगको अनुरोध: १८ वर्ष पूरा हुने व्यक्तिले मात्रै मतदाता नामावलीमा नाम दर्ता गराउनुस्

निर्वाचन आयोगको अनुरोध: १८ वर्ष पूरा हुने व्यक्तिले मात्रै मतदाता नामावलीमा नाम दर्ता गराउनुस्

  • काठमाडौँ । निर्वाचन आयोगले फागुन २० मा १८ वर्ष उमेर पूरा हुने व्यक्तिलाई कात्तिक ३० भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ । शुक्रबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाता नामावली दर्ता कार्यमा अधिक सहभागिताका कारण सर्भरमा अत्यधिक चाप पर्न थालेपछि सहजताका लागि यस्तो निर्देशन जारी गरिएको जानकारी दिएका हुन्।

    onlinepatrika
    Arghakhachi

    आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछिका लागि भने विगतमा जस्तै १६ वर्ष उमेर पूरा गरी नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले नाम दर्ता नियमित रूपमा गर्न पाउने व्यवस्था रहे पनि आगामी निर्वाचनमा मतदान गर्ने उमेर नपुगेका व्यक्तिलाई निर्वाचन सम्पन्न भएपछि मतदाता नामावलीमा नाम दर्ता गरी सहयोग गर्न आयोगले अनुरोध गरेको छ ।

    AGNI GROUP

    निर्वाचन आयोगले भनेको छ:

    निर्वाचन आयोगको मिति २०८२/०६/०९ को निर्णय बमोजिम २०८२ कार्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न तोकिएकोमा पछिल्लो समयमा नागरिकहरूको उत्साहजनक सहभागिता रहेको पाइएको छ । मतदाता नामावलीमा नाम दर्ता गराउने र यस कार्यमा सघाउने सम्पूर्ण नागरिकहरूमा आयोग हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

    मिति २०८२/११/२१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये मिति २०८२/११/२० गतेसम्म अठार वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने भएकोले सो मितिसम्म अठार वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले कार्तिक ३० गते भित्र मतदाता नामावलीमा नाम दर्ता गराउनुहुन आयोग पुन: अनुरोध गर्दछ ।

    मतदाता नामावली दर्ता कार्यमा अधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा अत्यधिक चाप पर्न गई सेवाग्राहीलाई सेवा लिन असहज भएको गुनासो आउने गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भए पश्चात विगतमा जस्तै १६ वर्ष उमेर पूरा भई नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकहरूले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने गरी नियमित दर्ता कार्य सुचारु हुने भएकोले मिति २०८२/११/२० गतेसम्म १८ वर्ष उमेर पूरा नहुने नेपाली नागरिकहरूले निर्वाचन सम्पन्न भए पश्चात मतदाता नामावलीमा नाम दर्ता गरी सहयोग गर्नुहुन आयोग अनुरोध गर्दछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट