Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

हङकङ क्रिकेट सिक्सेसमा अफगानिस्तानसँग नेपाल पराजित

हङकङ क्रिकेट सिक्सेसमा अफगानिस्तानसँग नेपाल पराजित

  • काठमाडौँ । 'हङकङ क्रिकेट सिक्सेस' अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा अफगानिस्तानले नेपाललाई १७ रनले पराजित गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउदै ९५ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले ५३ रन बनाएका थिए भने रशिद खानले ११ रन बनाए भने आदील आलम पनि ११ रन बनाएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाउदै ११२ रन बनाएको थियो । यस खेलमा नेपालका बलर रशिद खानले ह्याट्रिक लिएका थिए । रशिदले पाँचौं ओभरमा ह्याट्रिक लिएका हुन् ।

    AGNI GROUP

    रशिदले यस खेलमा कुल ४ विकेट लिएका थिए । त्यस्तै लोकेश बमले एक विकेट लिएका थिए । यस खेलमा अफगानिस्तानका करिम जन्नतले सर्बाधिक ३५ रन बनाए भने फरमुल्लाह साफीले ३० र कप्तान गुल्बादीन नैबले २२ रन बनाएका थिए । अब नेपालले अर्को खेल भोली बिहान ६ बजे दक्षिण अफ्रीकासँग खेल्ने तालिका छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij