Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

रवि लामिछानेसँग बयान सकियो

रवि लामिछानेसँग बयान सकियो

  • काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगले बुधबार लामिछानेसँग नख्खु कारागारबाट सिंहदरबार ल्याएर ६ घण्टाभन्दा बढी समय बयान लिएको हो ।

    AGNI GROUP

    जेनजी आन्दोलनको क्रममा लामिछाने नख्खु कारागारबाट बाहिरिएको घटनामा आयोगले लामिछानेसँग बयान लिएको हो । आयोगले यसअघि नख्खु कारागारका प्रमुखसँग यस अघि नै बयान लिइसकेको छ । कारागार प्रमुखले आफुलाई जबर्जस्ति गरेर कागजमा हस्ताक्षर गराएको बयान दिएका छन् । 

    लामिछाने कारगारबाट निस्किएपछि देशभरका कारागारबाट ११ हजार भन्दा बढी कैदी बन्दी भागेका थिए । पुर्पक्षका लागि नख्खु कारागार रहेका लामिछाने भदौ २४ मा बाहिर निस्किएका थिए । तर चौतर्फी आलोचना पछि लामिछाने भदौ २८ गते नख्खु कारागार फर्किएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij