Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौँ । दारमखोला हाइड्रो इनर्जीको आईपीओ शेयर नेप्सेमा सुचिकृत भएको छ । दारमखोला हाइड्रो इनर्जी लिमिटेड नेप्सेमा DHEL को नामबाट कारोबार हुने भएको छ ।
बुधबार दारमखोलाको एक करोड ३ लाख ५ हजार एकाइ आईपीओ शेयर नेप्सेमा सूचीबद्ध भएको हो । यसमा प्रमोटर र सर्वसाधारणलाई जारी गरिएको शेयर समावेश रहेको छ । पहिलो कारोबारको लागि खुल्ला दायरा १४२.८१ देखि ४२८.४३ सम्म रहेको छ । यदि कम्पनीले नेप्सेसँग सम्झौतामा हस्ताक्षर गरेमा आईपीओ शेयरहरू भोलिपल्ट दोस्रो बजारमा कारोबार हुनेछन् ।
दारमखोलाको १०० रुपैयाँको बराबर मूल्यको २४ लाख २३ हजर १८५ एकाइ आईपीओ शेयरहरू १५ साउनदेखि १९ साउन, २०८२ सम्म सर्वसाधारणलाई जारी गरिएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij