Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन उद्घाटन

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन उद्घाटन

  • काठमाडौं । नेकपा माओवादी केन्द्रसहित ९ दलको एकता राष्ट्रिय सम्मेलनको उद्घाटन भएको छ । काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको सम्मेलनमा ९ वाम दलका शिर्ष नेता र कार्यकर्ताहरु सहभागी रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ वाम दलको एकता भएको हो । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी र देशभक्त समाजवादी मोर्चा रहेका छन् ।

    AGNI GROUP

    नयाँ दलको नाम 'नेपाली कम्युनिष्ट पार्टी' हुने भएको छ भने चुनाव चिन्ह पाँचकुने तारा प्रस्तावित गरिएको छ । यस एकताले एकीकृत समाजवादी भने तीन टुक्रा भएको छ भने माओवादी केन्द्र पनि विभाजित भएको छ । एकीकृत समाजवादीमा घनश्याम भुसाल समुह एकता प्रक्रियामा सहभागी नहुने भएको छ भने रामकुमारी झाक्री, किसान श्रेष्ठसहितका नेताहरुले पुरानै दल एमाले फर्किने तयारी गरेका छन् ।

    त्यस्तै माओवादी केन्द्रका जनार्दन शर्माले पनि एकता प्रक्रियामा सहभागी नहुने भन्दै मंगलबार नै 'प्रगतिशील अभियान नेपाल' को घोषणा गरेका छन् । यसमा उनलाई राम कार्की र अन्जना विशुंकेले साथ दिएका छन् । आजको बैठकले एकताको निर्णय अनुमोदन गरेर सकिदै छ भने बुधबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीचमा पार्टी एकताको घोषणा हुदैछ ।

    Single ImageSingle ImageSingle Image

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij