Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी शृंखलामा नेपालले घरेलु टिमविरुद्ध सुस्त सुरुआत गरेको छ ।
बुधबार दुबईमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले पहिलो पावर प्ले (१२ ओभर)को खेल समाप्त हुँदा एक विकेट गुमाएर ५२रनमात्र बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेका आसिफ शेख र भीम सार्कीले खेलिरहेका छन् ।
त्यसअघि, नेपालले अर्का ओपनर कुशल भुर्तेललाई व्यक्तिगत दुई रनमा गुमाएको थियो । भुर्तेलले नौ बलको सामना गरेका थिए ।
यूएईका जाहिद अलीले एक विकेट लिए । लिग–२ को यो शृंखलामा नेपाल आज पहिलो जितको खोजीमा छ । नेपालले यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रन, यूएईसँग पाँच र फेरि अमेरिकासँग चार विकेटको हार बेहोरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij