Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण र मलेसियासँगको एएफसी एशियन कप छनौट अन्तगतको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक ३५ खेलाडीको छनौट गरिएको छ ।
मुख्य प्रशिक्षक हरि खड्काले दुवै खेलको क्लोज क्याम्पका लागि ३५ खेलाडी छनौट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । क्लोज क्याम्प नोभेम्बर ६ देखि शुरु हुने एन्फाले जानकारी दिएको छ । नेपाली टिममा गोलकिपर किरण कुमार लिम्बु, दीप कार्की, विशाल सुनार र टिकेन्द्र थापा रहेका छन् ।
त्यस्तै अन्य खेलाडीमा अरिक बिष्ट, मणिकुमार लामा, कृति रत्न छिन्जु, कुशल देउवा, अनन्त तामाङ, रोहित चन्द, सुमन श्रेष्ठ, सनिश श्रेष्ठ, बिमल पाण्डे, अभिषेक लिम्बु, सुमित श्रेष्ठ, योगेश गुरुङ, दिवाकर चौधरी, सृजनराज गौतम, सञ्जीव लामा, शंकर थारु, दिपेश धिमाल, अरिक बिष्ट, लेकेन लिम्बु, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, दिपेश गुरुङ, गिलेस्पी जंग कार्की, अन्जन विष्ट, आयुष घलान, दिनेश हेञ्जन, सुवास बम, समीर तामाङ, आदित्य शाक्य, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ रहेका छन् ।
नेपालले बंगलादेशसँग नोभेम्बर १३ मा मैत्रीपूर्ण खेल खेल्दैछ भने मलेसियासँग नोभेम्बर १८ मा एशियन कपको छनौट खेल खेल्दैछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij