Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौँ । दक्षिण अफ्रीकाका पुर्व कप्तान फाफ डु प्लेसिस एनपीएलमा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । फाफले दोस्रो सिजनको एनपीएलका लागि विराटनगर किंग्ससँग सम्झौता गरेका हुन् ।
आइपिएलमा लामो समय रोयल च्यालेन्जर्स बैंगलुरुबाट खेलेका फाफ यस बर्ष दिल्ली क्यापिटल्सबाट खेलेका थिए । सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी, बशीर अहमद, सुवास भण्डारी, नरेन भट्ट, सुर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु र शंकर रानालगायतका खेलाडी रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij