Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

विप्लव नेतृत्वको नेकपाले कार्तिक २० गते काठमाडौँमा सभा गर्ने

विप्लव नेतृत्वको नेकपाले कार्तिक २० गते काठमाडौँमा सभा गर्ने

  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कात्तिक २० गते काठमाडौंमा सभा गर्ने भएको छ । विप्लवले स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेट्न आव्हान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    महासचिव विप्लवले देशमा व्याप्त भ्रष्टाचार, कमिसनखोरी, तस्करी, दलाल प्रवृत्ति र परजीवी शक्तिहरू समाप्त भए मात्रै राष्ट्रले आत्मसम्मानका साथ उन्नति हासिल गर्ने बताउदै स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेट्न आव्हान गरेका हुन् ।

    AGNI GROUP

    उनले भनेका छन्- 

    नेपाललाई अरूले  होइन हामी आफैंले फेर्ने हो। अरूले होइन नेपालीले नै चलाउने हो। जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौ साथीहरू ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij