Jun 10 2026 | २०८३, जेठ २७ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सचिवालयको बैठक आज बस्दैछ । प्रवक्ता मनिष झाका अनुसार कार्यवाहक सभापति डिपी अर्यालले आज बिहान ११ बजे बस्ने गरि सचिवालयको बैठक बोलाएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने बैठकमा समसामयिक राजनीति र आगामी कदम, पार्टीको विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान र पार्टी गतिविधि समीक्षा र योजनाको विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij