Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

सरकार र मिडियाले हामीलाई छुट्याउने काम नगरोस् जेनजेड युनाइटेड

सरकार र मिडियाले हामीलाई छुट्याउने काम नगरोस् जेनजेड युनाइटेड

  • काठमाडौँ । जेनजी पुस्ताका युवाहरूलाई एकताबद्ध हुन र शहीदहरूको रगत नबिर्सन खबरदारी गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    जेनजी समूहहरूलाई एकताबद्ध भई शहीदका सपनाहरू पूरा गर्न खबरदारी गर्न जेनजेड युनाइटेडको नामबाट शुक्रवार माइतीघर मण्डलामामा प्रदर्शन गरिएको हो ।

    AGNI GROUP

    प्रदर्शनमा बालबालिकाहरू र शहीद परिवारका सदस्यहरू पनि सहभागी छन् । प्रदर्शनकारीहरूले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौँ, एक हौँ’, ‘शहीदहरूको रगत नबिर्स’, ‘देशका घाउहरू हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

    प्रदर्शनमा सहभागी जेनजी युवा आनन्दमान साम्पाङले मुलुकको विकास र समृद्धिको लागि सबै जेन–जीहरू एक हुनुपर्ने बताए । उनले सरकार र सञ्चार माध्यमहरूलाई समेत नकारात्मक सन्देश फैल्याएर जेनजीहरूलाई छुट्याउने काम नगर्न चेतावनी दिए ।

    नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका उनीहरूले जेन–जी समूहलाई एकताबद्ध गर्न सरकारले समेत सहयोग गर्नुपर्ने माग राखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij