Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

काभा पुरुष भलिबलमा नेपालको लगातार दोस्रो हार

काभा पुरुष भलिबलमा नेपालको लगातार दोस्रो हार

  • काठमाडौं । बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गत नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बिहिबार सम्पन्न खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-२ को सेटमा पराजित भएको हो ।

    AGNI GROUP

    शुरुका दुई सेट हारेको नेपालले खेलमा कमब्याक गर्दै लगातार दुई सेट जितेको थियो । त्यसपछि भएको फाइनल सेटमा नेपाल १६-१४ ले पराजित भएको थियो ।

    यसअघि पहिलो सेटमा बंगलादेश २५-२३ र दोस्रो सेटमा २५-२० ले विजयी भएको थियो । त्यसपछि तेस्रो सेटमा नेपाल २५-२३ र चौथो सेटमा नेपाल २५-१६ ले जितेको थियो ।

    यसअघि नेपाल उद्घाटन खेलमा नेपालले तुर्किमेनिस्तानसँग पराजित भएको थियो ।

    नेपालले अब अर्को खेल शुक्रबार माल्दिभ्ससँग, अक्टोबर २६ मा अफगानिस्तानसँग, अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij