Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

पण्डाल, बिजुली बत्ती र साङ्गीतिक कार्यक्रमलगायत करिब रु सात लाख खर्च हुने अनुमान

  • काठमाडौं । झापाको भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    ‘जेनजी’ आन्दोलनपछि देशमा देखिएको राजनीतिक अस्थिरताबाट निराश जनतालाई भर्खरै राष्ट्रिय क्रिकेट टोलीले दिएको उत्साह र खुसीलाई आत्मसात् गर्दै क्लब बाङ्गला भद्रपुरले पण्डाल निर्माण गरेको पूजा समितिका संयोजक विजय साहले बताए ।

    AGNI GROUP

    भद्रपुर–६ मा बनाइएको पण्डालमा सिनियर पुरुष, सिनियर महिला तथा पूर्वराष्ट्रिय खेलाडी गरी ३५ वटा तस्बिर समावेश गरिएका छन् ।  समितिका सदस्य पार्थ मण्डलका अनुसार आगामी सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–ट्वान्टी विश्वकपमा नेपाली टोलीले अझ ठूलो सफलता प्राप्त गरोस् भन्ने उद्देश्यले खेलाडीहरूको आकृतिमा पण्डाल निर्माण गरिएको हो ।

    ‘हामीले छोटो समयमा विभिन्न सहयोगी दाताको साथ र सहयोगमा राष्ट्रियता झल्काउने पण्डाल निर्माण गर्न सफल भएका हौँ,’ उनले भने, ‘पण्डाल सबैले रुचाएका छन्, यस कार्यको प्रशंसा पनि गरेका छन् ।’

    पण्डाल, बिजुली बत्ती र साङ्गीतिक कार्यक्रमलगायत करिब रु सात लाख खर्च हुने अनुमान गरिएको समितिले जनाएको छ । कात्तिक ७ गते पूजास्थलमा स्थानीय तथा भारतीय कलाकारहरूको सहभागितामा बृहत् सांगीतिक कार्यक्रम आयोजना गरिने समितिका सदस्य निर्मल घोषले जानकारी दिए ।

    बंगाली समुदायका युवाहरूले स्थापना गरेको क्लब बाङ्गला भद्रपुरले अघिल्लो वर्ष केदारनाथ मन्दिरको आकृतिमा पण्डाल बनाएको थियो । उक्त क्लबले विगत नौ वर्षदेखि विभिन्न आकृतिमा पण्डाल निर्माण गर्दै कालीपूजा गर्दै आएको समितिका सदस्य घोषले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij