Jun 10 2026 | २०८३, जेठ २७ गते
काठमाडौं । कोशी प्रदेश प्रहरी तालिम केन्द्र, रानी, विराटनगरमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) ऋषिराज ढकाललाई सम्मान गरिएको छ ।
प्रहरी दिवसको अवसरमा विशेष समारोहबीच ढकाललाई ‘उत्कृष्ट आन्तरिक प्रशिक्षक पुरस्कार’ प्रदान गरिएको हो ।
ढकाललाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै उनको योगदानको कदर गरे ।
प्रशिक्षणसँगै ढकाल अपराध अनुसन्धानको क्षेत्रमा पनि अब्बल प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । प्रहरी निरीक्षक ढकालले यो सम्मानले आफूलाई अझ प्रेरणा मिलेको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij