Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ : गोपालमान श्रेष्ठ

जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ : गोपालमान श्रेष्ठ

  • काठमाडौं । जेनजी आन्दोलनले उठाएका मागहरुलाई गम्भीरतापूर्वक लिनुपर्ने नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    आइतबार पत्रकार सम्मेलन गर्दै उनले लोकतन्त्रमा फरक मत अपरिहार्य रहेको भन्दै जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन् । 

    AGNI GROUP

    उनले प्रेस विज्ञप्ती मार्फत भने, ‘लोकतन्त्रमा फरक मत अपरिहार्य हो । त्यसलाई स्वीकार गर्ने साहस हामीले देखाउनुपर्छ । जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ । त्यसैगरि परम्परागत राजनीतिक शक्तिहरुलाई समेत हामीले आत्मसात गर्नुपर्दछ ।’ 

    उनले जेनजी आन्दोलनको स्वरुपमा घुसपैठ हँदा हिंसात्मक भई मानवीय र भौतिक संरचनामा क्षति पुगेको बताए । साथै उनले पुराना राजनीतिक दलहरुको अस्तित्व नै संकटमा पार्ने संकेतहरू देखापरेका समेत बताए । ‘जेनजी आन्दोलनको स्वरूपमा विभिन्न स्वार्थ समूहहरूको घुसपैठले आन्दोलनलाई हिंसात्मक बनाएको छ मानवीय र भौतिक संरचनामा क्षति पुगेको छ । परिस्थिति असामान्य छ । हाम्रो अस्तित्व नै संकटमा पार्ने संकेतहरू देखापरेका छन्,’ उनको प्रेस विज्ञप्तीमा भनिएको छ । 

    उनले राजनीतिक संकट नेतृत्वको परिक्षण भएकाले यो नेपाली कांग्रेस कसरी चुनौतीहरू आत्मसात गर्छ भन्ने परिक्षणको समय रहेको पनि बताए । ‘राजनीतिक संकट नेतृत्वको परिक्षण हो र नयाँ नेतृत्व जन्माउने अवसर पनि हो । आज नेपाली कांग्रेस कसरी चुनौतीहरू आत्मसात गर्छ भन्ने परिक्षणको समय हो, उनले भने,  ‘हामीले विगतका कमजोरीहरूबाट सिक्नुपर्छ १२ बुँदे सम्झौताको परिवेश फरक थियो। त्यसबेला दलहरूबीचको एकताले लोकतन्त्र पुनःस्थापित भयो ।’

    साथै, उनले अहिलेको समस्याको समाधान संवाद, सहकार्य र सहअस्तित्वपूर्ण राजनीतिबाट खोजिनुपर्ने समेत बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij