Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

हरेक संघर्षमा जस्तै जेनजीमा पनि दलित सहभागिता भएन

हरेक संघर्षमा जस्तै जेनजीमा पनि दलित सहभागिता भएन

  • काठमाडौं । हरेक संघर्षमा जस्तैः जेन्जी संघर्षमा पनि दलितको प्रतिनिधीत्व नभएको प्रति जेन्जी अगुवाले आक्रोश व्यक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा उनीहरुले जेन्जी सरकारमा प्रतिनिधीत्वको मागसमेत राखेका छन् ।

    AGNI GROUP

    जनक परियारले जेनजीहरुका माग पुरा नगरिए भन्दै आक्रोश व्यक्त गरेका छन् । परियारले हरेक आन्दोलनमा जस्तैः जेन्जी आन्दोलनमा पनि दलितहरुले महत्वपूर्ण भूमिका खेलेकोले प्रतिनिधीत्वको माग गरेका छन् ।

    परियारले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको जगमा बनेको सरकारले तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सिडियोलाई नपक्रिएकोमा आक्रोश व्यक्त गरे ।

    अर्का जेन्जी विवेक थापाले आफूहरु भ्रष्टाचार मुक्त समाज र सुशासन तथा कार्यकारी प्रधानमन्त्रीको लागि लडाई लडेको तर त्यो विषयान्तर हुनलागेको प्रति चिन्ता व्यक्त गरे।

    २०४६ सालपछिका उच्च पदस्थ राजनीतिज्ञ तथा कर्मचारीको सम्पत्ति छानविन गर्नुपर्ने, जेन्जीहरुलाई मन्त्रीपरिषदमा प्रतिनिधीत्व गर्नुपर्ने लगायतका माग सबै ओझेल पर्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरे ।

    त्यसैगरी अर्का जेन्जी गणेश थापाले परिवर्तनका लागि गरिएको संघर्षमा जेन्जीहरुको प्रतिनिधीत्व नहुनुनै दुःखत विषय भएको बताए । थापाले दलित लगायतका सम्पूर्ण वास्तविक जेन्जीहरुलाई समेटेरे मन्त्री मण्डल तथा सरकारी निकायमा प्रतिनिधित्व गराउनु पर्ने र सो माग पुरा नभए आफूहरु पुनः संघर्षमा उत्रने चेतावनी दिए ।

    दलित गैर सरकारी संस्था महासंघ(डिएनएफ) का अध्यक्ष जेवी विश्वकर्माले कथित उचनिचको जात व्यवस्थाका कारण ६० लाख दलितहरु अझै पनि अन्यायमा परिरहेको बताए । जेन्जी आन्दोलनमा पनि व्यापक दलित सहभागि भएको दाबि गर्दै विश्वकर्माले जेन्जी सरकारले दलित समुदायलाई न्यायको लागि पहल गर्न माग समेत गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij