Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

पूर्वडीआईजी रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान

पूर्वडीआईजी रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान

  • काठमाडौं । नेपाल प्रहरीले अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक कृष्णबहादुर रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । ७० औँ प्रहरी दिवसको अवसरमा आज शुक्रबार उनलाई सो अवार्ड प्रदान गरिएको हो । 

    onlinepatrika
    Arghakhachi

    उनले प्रहरी सेवामा रहँदा चुनौतीपूर्ण काम कुशलतापूर्वक सम्पन्न गरेको प्रहरी प्रधान कार्यालयको विश्लेषण छ । प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले रानालाई अवार्ड हस्तान्तरण गरे ।

    AGNI GROUP

    २०३५ सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका रानाले २०६५ असोजमा डीआईजीबाट अनिवार्य अवकाश पाएका थिए । पूर्वडीआईजी राना २०११ मा दाङको घोराहीमा जन्मेका थिए । काठमाडौंको महाराजगन्जमा बस्दै आएका उनले उनले पाटन क्याम्पसबाट स्नातक तह पुरा गरेका थिए । 

    २०६३ साउनमा डीआईजी पदमा बढुवा भएका रानाले प्रहरी सेवा पदक र विख्यात त्रिशक्तिपट्टसहितका पदक प्राप्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij