Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

प्लास्टिकका फूलमाला रोक्न प्रशासनलाई चितवनका पुष्प व्यवसायीको आग्रह

प्लास्टिकका फूलमाला रोक्न प्रशासनलाई चितवनका पुष्प व्यवसायीको आग्रह

  • काठमाडौं । चितवनका पुष्प व्यवसायीहरुले भारतबाट अबैधरुपमा भित्रिएका प्लास्टिकका फूलमालालाई रोक्न जिल्ला प्रमुख अधिकारीलाई आग्रह गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    फ्लोरीकल्चर एशोसियसन नेपाल, चितवले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बजार अनुगमन गरेर स्वदेशी फूल उत्पादनको बजारीकरणलाई सहयोग गर्न आग्रह गरेको छ । पुष्प व्यवसायीहरुले फूलमा आत्मनिर्भर भएको अवस्थामा विदेशी प्लाष्टिकको माला ल्याएर स्वदेशी उत्पादनलाई निरुत्साहित गरिएको बताएका छन् ।

    AGNI GROUP

    प्रमुख जिल्ला अधिकारी अर्यालले आफुहरुले प्रभावकारी अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि समन्वय गरिदिन आग्रह गरेका थिए । 

    फ्लोरीकल्चर एशोसियसन नेपाल जिल्ला समिति, चितवनका अनुसार चितवनका विभिन्न स्थानमा गरी करिब ४० बिगाहा क्षेत्रफलमा सयपत्री फूलखेती गरिएको छ । यसबाट अनुमानित ३ लाख सयपत्री फूलको माला उत्पादन हुने देखिएको छ । यस पटक सयपत्री मालामा चितवन आत्मनिर्भर रहेको बताउदै एसोसियसनले आत्मनिर्भर हुँदा हुँदै पनि भारतबाट अवैध रुपमा सुतरीको डोरीमा उनिएको माला नेपाल भित्रने र सो कुराले नेपाली किसानले ठूलो नोक्सान बेहोर्नु पर्ने हुँदा सो कुराको बजार अनुगमन गरी आवश्यक कानुन बमोजिम कारवाही गर्न अनुरोध गरको छ । 

    साथै नेपाल सरकारले प्रतिबन्ध लगाएको प्लाष्टिकजन्य फूलमाला हरेक वर्ष सूचना दिदा दिदै पनि बजारका व्यापारीहरु, प्लाष्टिक जन्य फूलमाला बेचिरहेको पाइएकोले सो कुराको अनुगमन गरी त्यसको निषेधको प्रक्रियामा अगाडी बढाउ समेत प्रशासनलाई आग्रह गरेको छ  ।

    एसोसियसनले यस वर्ष सयपत्री तथा मखमली फूलको मालाको खुद्रा मुल्य एक सय कायम गरेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij