Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

  • काठमाडौं । व्यवसायीहरुले दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन्। यातायात व्यवसायी राष्ट्रिय महासंघले अविरल वर्षात्का कारण सडकहरु बन्द भएको र अवरुद्ध सडक तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएपछि टिकट बन्द गर्न लागेको हो ।

    images
    images
    images

    सबै सडक अवरुद्ध भएकाले काठमाडौंबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएकाले अग्रिम टिकट बुकिङ बन्द गर्न लागिएको महासंघले जनाएको छ ।

    सोमबार पृथ्वीराजमार्ग हुँदै गएका गाडी र यात्रु बीच बाटोमै अलपत्र परेकाले अग्रिम टिकट काटेर बस गुडाउन सक्ने अवस्था नरहेको महासंघको भनाइ छ । महासंघले बीचबाटोमै अलपत्र परेका गाडीका चालक र सहचालकले नै पानी र खाना नपाएको गुनासो आएको जनाएको छ ।

    अग्रिम टिकट बन्द हुन लागेपछि छलफलका लागि यातायात व्यवस्था विभागले दिउँसो ३ बजे बैठक डाकेको छ । बैठकमा यातायात श्रमिक र व्यवसायीहरूलाई पनि बोलाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij