Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

झ्याप्ले खोलामा अर्को बस पुरिएको अवस्थामा भेटियो

झ्याप्ले खोलामा अर्को बस पुरिएको अवस्थामा भेटियो

  • काठमाडौं । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा अर्को सवारी साधन भेटिएको छ । 

    images
    images
    images

    नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा अर्को बस भेटिएको हो । प्रहरीले अहिलेसम्म २ शव समेत फेला परेको बताएको छ ।

    अहिले पुरिएको अवस्थामा रहेको बसको केहि भाग मात्र देखिएकोले कस्तो बस हो भन्ने बारेमा केहि बेरपछि जानकारी हुने भएको छ ।

    शुक्रबार गोरखाबाट काठमाडौँका लागि हिडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौँका लागि हिडेको माइक्रो बस सहिलेसंम सम्पर्कविहिन भएको बताइएको छ ।

    बस र माइक्रोको खोजी जारी रहेको र झयाप्ले खोलामा सवारी साधन पुरिएको अवस्थामा भेटिएकाले यहि पहिरोमा परेको हुनसक्ने आशंका गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij