Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

गुरुकुलका ३३ जनाकाे सेनाको हेलिकोप्टरबाट उद्धार !

गुरुकुलका ३३ जनाकाे सेनाको हेलिकोप्टरबाट उद्धार !

  • काठमाडौं । सिन्धुलीमा आदिलिंग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनालाई २४ घण्टापछि शनिबार साँझ सकुसल उद्धार गरिएको छ ।

    images
    images
    images

    सुनकोसी नदी र रोसिखोलामा आएको बाढीका कारण फसेर शुक्रबार दिउसोदेखि गुरुकुलमा नै अलपत्र रहेका २८ जना विद्यार्थी र गुरु सहित ३३ जनालाई शनिबार साँझ नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    उनीहरुलाई अहिले सोही ठाँउको गजुली दहमा सुरक्षित रुपमा राखिएको छ ।

    प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माका अनुसार उनीहरुलाई हेलिकोप्टरबाट उद्धार  गर्न जिल्ला सुरक्षा समितिको शनिबार बैठक बसी गृह मन्त्रालयलाई अनुरोध गरिएको थियो । गुरुकुललाई सुनकोसी नदी र रोसी खोलामा आएको बाढीले घेरेपछि बटुर र गुरुहरु फसेका थिए ।

    सुनकोसीको बाढीको सतह समेत मन्दिरसम्म आई पुगेपछि उनीहरु भवनको माथिल्लो तलमा बस्दै आएको स्थानीयले बताएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij