Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

बाढीका कारण देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

बाढीका कारण देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता

  • काठमाडौं । निरन्तरको बर्षापछिको बाढीका कारण देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा धेरै सम्पर्कविहीन भएका छन् । बाढी र पहिरोमा परेर उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन् । उनले देशभरिमा ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिएका छन् ।

    प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ ।
    काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन् ।


    सशस्त्र प्रहरी बलले आपतकालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij