
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । गएराति एक व्यक्तिले सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहीबार हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमानले गोली हानी हत्या गरेका हुन् ।
उनीहरूबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीमा रहेका श्रीमानले गएराति घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।
घटनामा संलग्न युवकले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij