Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

  • काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहेकाले ​हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । कोशी, मधेश ,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  

    images
    images
    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो​ देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

    कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।  देशका तराई भू-भागका केही स्थानमा हावा हुरीको चल्ने विभागको भनाइ छ ।

    त्यसैगरी राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । कोशी, बागमती, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ भने तराई भू-भागका केही स्थानहरूमा हावाहुरी चल्ने विभागले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij