
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन गर्ने वा अस्वीकार गर्ने विषयमा संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।
सोमबार सांसदहरुको अनुपस्थितिका कारण स्थगित भएको बैठकमा आज ३ बजे बस्न लागेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।
विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरे पनि भट्टराईको बाँकी छ । भट्टराईले स्नातक तहको शैक्षिक प्रमाणपत्र उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन ।
भट्टराईले राजदूत बन्न चाहिने आवश्यक स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र अझै समितिमा बुझाउन सकेका छैनन् ।
आजसम्म पनि उनले शैक्षिक योग्यताको प्रमाणपत्र नबुझाए उनको नाम राजदूतमा अस्वीकृत हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij