
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । हुम्लामा एक घरमा आगलागी भएको छ । हुम्ला सिमकोट गाउँपालिका-९ स्थित विद्युत कार्यालय नजिकै रहेको बसन्त रोकायको घरमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ र कुनै पनि मानवीय,चौपाय क्षति नभएको प्रहरीले जनाएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, प्रहरी र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको हो । आगलागी के कारणले भएको भन्ने खुलेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij