Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौँ । इन्टरनेटलगायत २५ वटा आवश्यक सेवा क्षेत्रमा हड्ताल गर्न नपाइने भएको छ।
सरकारले जेठ २५ मा राजपत्रमा सूचना प्रकाशित गरी आवश्यक सेवामा हड्ताल निषेध गरेको हो। आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी हड्ताल निषेध गरिएको सूचनामा उल्लेख छ।
सरकारले डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ। त्यस्तै, प्रिन्ट वा सरकारी छापाखाना, सञ्चार सेवा, खानेपानी, पेट्रोलियम पदार्थ, अस्पताल, औषधी, फोहोरमैला, बैंक, बीमा, विद्युत्, दैनिक उपभोग्य बस्तु राहदानीलगायतका क्षेत्रमा हड्ताल गर्न नपाइने जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij