Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

शेयर बजारमा झिनो गिरावट, ६ अर्ब ४४ करोडको कारोबार

शेयर बजारमा झिनो गिरावट, ६ अर्ब ४४ करोडको कारोबार

  • काठमाडौं । शेयर बजार झिनो अंकले घट्दा कारोबार रकम भने बढेको छ । 

    onlinepatrika
    Arghakhachi

    नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १.५४ अंकले घटेको हो । ०.०५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७३३.५९ अंकमा ओर्लिएको छ । 

    AGNI GROUP

    समग्रमा बजार घटे पनि होटल, हाइड्रो, उत्पादनमूलक र अन्य समूह बढ्दा बाँकी अरु राताम्मे भएका छन् । 

    आज ३५७ कम्पनीका १ करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २ सय ९१.७१ रुपियाँ बराबरको कारोबार भएको छ । 

    सोपान फर्मा र कालिञ्चोक हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १५ र १४.९९ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.१६ प्रतिशतले घाटा व्यहोरेका छन् । 

    एग्रिकल्चर वण्ड २०८६ को उच्च कारोबार भएको छ । ५७ करोड २० रुपियाँ बराबरको उक्त वण्ड किनबेच भएको नेप्सेले जनाएको छ ।  

    साताको पहिलो दिन हिजो सोमबार २०.२७ अंकले अंकले बजार घट्दा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १ सय ९०.३१ रुपियाँ बराबरको कारोबार भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij