Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । सरकारले देशभरका सबै जिल्लामा भूमि भूमि समस्या समाधान समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७७ वटै जिल्लामा परिपत्र गरी समिति गठनको जानकारी गराएको हो ।
मन्त्रीस्तरीय निर्णयअनुसार गठित जिल्ला समिति ७ सदस्यीय रहनेछ । जसको नेतृत्व सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । समितिको संरचना यस प्रकार तोकिएको छ:
१. अध्यक्षस् प्रमुख जिल्ला अधिकारी
२. सदस्यस् प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्ला भित्रको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत
३. सदस्यस् जिल्ला समन्वय अधिकारी
४. सदस्यस् जिल्ला सदरमुकामस्थित भूमि प्रशासन कार्यालयका प्रमुख
५. सदस्यस् जिल्ला सदरमुकामस्थित डिभिजन वन कार्यालयका प्रमुख
६. सदस्यस् जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रतिनिधि
७. सदस्य-सचिवस् जिल्ला सदरमुकामस्थित नापी कार्यालयका प्रमुख
गत जेठ १९ गते गते मन्त्रिपरिषद्को निर्णयानुसार बलभद्र बास्तोलाको अध्यक्ष रहेको केन्द्रीय समिति बनिसकेको छ ।
नवनियुक्त जिल्ला समितिहरूलाई भूमिसम्बन्धी समस्याहरूको पहिचान र समाधानका लागि कार्यहरू अघि बढाउन निर्देशन दिइएको छ। यसअघि केन्द्र तथा जिल्लास्तरमा भूमि समस्या समाधान आयोगमा राजनीतिक नियुक्ति हुँदै आएको थियो । सरकारले हालै अध्यादेशमार्फत् उक्त आयोग खारेज गरिसकेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij