Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

विश्वकप फुटबल हेर्न हिडेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए

विश्वकप फुटबल हेर्न हिडेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए

  • काठमाडौं । भोलिदेखि सुरु हुन लागेको विश्वकप फुटबल हेर्न अमेरिका जाँन लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइ दिएको छ।

    onlinepatrika
    Arghakhachi

    उनीहरु विश्वकप फुटबल हेर्न मेक्सिको जानका लागि आज बिहान त्रिभुवन विमानस्थलमा पुगेका थिए। नेम्वाङ र राईलाई विमानस्थलबाट फर्काइएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।

    AGNI GROUP

    ‘खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्का बोधार्थ पत्रको आधारमा उनीहरुलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको हो,’ तिवारीले भने, ‘खेलकुदका कार्यक्रमका लागि उनीहरुलाई बाहिर जान नदिनु भन्ने पत्र हामीलाई केही दिन अघि नै आएको थियो। सोही पत्रको आधारमा हामीले उनीहरुलाई बाहिर जानबाट रोकेका हौँ।’

    आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेम्वाङ राईसहितका एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij